पछिल्लो १० महिनामा देशको आर्थिक तथा वित्तीय स्थितिः २५९ बैंक–वित्तीय संस्था मर्जरमा सामेल

पछिल्लो १० महिनामा देशको आर्थिक तथा वित्तीय स्थितिः २५९ बैंक–वित्तीय संस्था मर्जरमा सामेल


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार सो अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०८० वैशाख मसान्तसम्म कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।

यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन् ।