दश महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिः १० खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो

दश महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिः १० खर्ब ५ अर्ब रेमिट्यान्स भित्रियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समिक्षा अवधिमा विप्रेषण प्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब ५ अर्व १८ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटेको थियो ।