बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६ वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको आ.व. २०७३/७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त लाभांश शेयरधनीहरुलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको हो ।
सम्बन्धीत शेयरधनीहरुले सो लाभांश लिन कम्पनीको शेयर रजिष्ट्रार बि.ओ.के क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
तोकिएको समयभित्र नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया