एनएमबि बैंक र दराज नेपालबीच बिक्रेताहरुलाई बिद्युतिय माध्यमबाट बिना धितो कर्जा दिने सम्झौता

एनएमबि बैंक र दराज नेपालबीच बिक्रेताहरुलाई बिद्युतिय माध्यमबाट बिना धितो कर्जा दिने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक र दराज नेपालबिच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो बिद्युतिय माध्यमबाट कर्जा प्रदान सम्बन्धमा सम्झौता संम्पन्न भएको छ । 

बिशेषगरी बैंकिङ्ग पहुँच कम भएका, उत्पादनशिल उद्यमसँग जोडिएका, स्टार्ट अप फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा रु. ५ लाख सम्मको चालु पुंजी कर्जा प्रदान गर्ने उदेश्य अनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए ।

सो सम्झौताको बारेमा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाइजेशनलाई प्राथमिकता दिईरहेका र यस कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको र यस कर्जा मार्फत धेरै भन्दा धेरै एमएसएमई ९ःक्ःभ्० कर्जाका ग्राहकहरुको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले बिश्वास लिएको बताएका थिए ।

यस कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्गा सावित बैंकले बिश्वास लिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।