नेप्सेमा सामान्य वृद्धि, ७.२७ अंकले बजार बढ्दा कारोबार रकम २ अर्ब ३० करोड माथि

नेप्सेमा सामान्य वृद्धि, ७.२७ अंकले बजार बढ्दा कारोबार रकम २ अर्ब ३० करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज समान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से ७.२७ अंकले बढेर १ हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ४.६८ अंकले बढेर १ हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकम भने स्थिर रहेको छ । आज नेप्सेमा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ, १३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८७.१० रुपैयाँ पुगेको छ ।

आज रिभर फल्स पावर कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढिले घटेको छ । 

यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको कारोबार भएको छ । यस कम्पनीको आज १० करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।