कुमारी बैंकद्धारा साबिक राइजिङ डेभलपमेन्ट बैंक र युनियन फाइनान्सका शेयरधनीलाई लाभांश बुझिलिन आह्वान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले प्राप्ति गरेको राइजिङ डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश लिन अनुरोध गरेको हो ।

यी कम्पनीले साधारण सभाले पारित गरेको पाँच वर्ष पुगेपछि कुनै पनि शेयरधनीले प्राप्त गर्ने लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ को अधीनमा रही लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएका हुँदा यो सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र लाभांश रकम बुझिलिन अनुरोध गरेको छ । 

साथै केही शेयरधनीहरूले बैंकको साधारणसभाबाट पारित भएको नगद लाभांशको पुर्जा संकलन गरेर पनि पुर्जाको रकम सटही नगरेको हुँदा सो लाई पनि सटही गर्न र संकलन गर्न बाँकी लाभांश रकम शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा राखी बुझिलिन सक्नेछन् ।

\"\"