आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १००० रुपैयाँसम्म क्यासब्याक

आइएमई पे बाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १००० रुपैयाँसम्म क्यासब्याक


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ वालेट मार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५% बराबर वा अधिकतम रु. १००० सम्म क्यासब्याक पाउन सक्नेछन् । 

वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमै बसी बसी सजिलै तिर्न सक्नेछन् ।