बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले पहिलो चरणमा विदेशीक रोजगारमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशीक रोजगारमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आइपीओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेको मध्ये २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।
योग्य रहेका आवेदकहरुलाई धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार लगानीकर्ताले अधिकतम ३० कित्तासम्म हात पारेका छन् । १० कित्ताका लागि आवेदन दिने ४ हजार १९० जनाले १० कित्ता कै दरले शेयर पाएका छन् भने २० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १० हजार ४४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
त्यस्तै, ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म शेयर पाएका छन् ।
प्रतिक्रिया