वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक साइकल उपहार

वुलिंग एयर इ भी किन्दा इलेक्ट्रिक साइकल उपहार

सुरेश शर्मा
308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप रहेको छ । विश्वको बिभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा Wuling Brand को इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसियन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोट बाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपियाँको खर्चमा ३०० कि मि सम्म हिड्न मिल्ने कार हो, यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्स मा खर्च नहुने, बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलार्इ ६० किमी माइलेज दिने bosch मोटर्स भएको सामसुंग को ब्याट्री भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ  ।

यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । यसको शोरुम काठमाडौं उपत्यकामा नक्साल, भक्तपुर राधेराधे, भैसेपाटीमा रहेका छन् ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा वुलिंग यएर इ भी कार लाइ चिनिन्छ वुलिंग बहु-राष्ट्रिय कम्पनि भएकोले गर्दा अन्तराष्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ । यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ ।