नेप्सेमा फर्कियो हरियालीः २५.६६ अंकले बजार बढ्दा १ अर्ब ९८ करोडको कारोबार

नेप्सेमा फर्कियो हरियालीः २५.६६ अंकले बजार बढ्दा १ अर्ब ९८ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से २५.६६ अंकले बढेर १ हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से १७.३८ अंकले घटेर १ हजार ९ सय ०१ दशमलब ९९ विन्दुमा बन्द भएको थियो ।

आज नेप्से दोहोरो अंकले भएपनि कारोबार रकम भने स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज न्यादी हाइड्रोपावरको शेयरमुल्य ९.८५ प्रतिशतले बढेर ३०१ रुपैयाँ पुगेको छ भने सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमुल्य ९.२४ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा आज सेन्चुरी डिबेन्चर २०८८ को शेयरमुल्य ३.०४ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यस कम्पनीको आज ९ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।