नयाँ सारथी लघुवित्तको २२ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सुरेश शर्मा
84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनीहरु पुर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता गरी कुल २२ हजार ८३१ कित्ता शेयर संस्थाले बिक्रीमा ल्याएको छ ।

यसअघि उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि निवेदन नपरेकोमा एकिकृत निर्देशन अनुसार अब जो कोहिले सो शेयर खरिद गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इन्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवश्यक कागजात संलग्न गरी लघुवित्तको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यो शेयरको मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीले तोके बमोजिम हुने जानकारी समेत कम्पनीले दिएको छ ।