कुमारी बैंकको करिब १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

कुमारी बैंकको करिब १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज कुमारी बैंक लिमिटेडले जेठ २२ गतेदेखि १४ लाख ९० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

बैंकले प्रतिकित्ता रू. ११० अंकित मूल्यमा उक्त शेयर विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संघसंस्थाहरूले जेठ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ३० गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंमा रहेको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।