जाल्पा सामुदायिक लघुवित्तको १५% लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

जाल्पा सामुदायिक लघुवित्तको १५% लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आज जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन् ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा असार ४ गते रुपन्देहीको द एसआर होटेलमा हुनेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १६ करोडको आधारमा १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।