नेप्सेमा समीट लघुवित्तको शेयरमूल्य समायोजन

सुरेश शर्मा
84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीकोे १३ दशमलव ५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.८१९ दशमलव ९९ कायम भएको छ ।

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.९३१ दशमलव २० मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि  दोस्रो बजारमा यस कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।