आरएमडीसी लघुवित्तको २६% बोनस शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा
84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभाबाट पारित गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले साधारणसभाबाट पारित गरेको २६ प्रतिशत दरका कुल ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

उक्त शेयर अब संस्थाका सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।