बैंकिङ्ग समाचार, काठमाडौं ।
पूँजीगत लाभकरका बिषयमा लगानीकर्तासँगको वर्तापछि सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा ५% र ७.५% पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।
अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा. महतले यस्तो स्पष्ट पारेका हुन् । ‘पूँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’, अर्थमन्त्रीले भने, ‘सोहीबमोजिम अर्थ मन्त्रालयले एक स्पष्टोक्ती समेत जारी गरेको छ ।’
प्रतिक्रिया