बैंकिङ्ग समाचार, काठमाडौं ।
समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् जेठ २२ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव पारित गर्न संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया