कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गर्दै खुलायो विज्ञापन, १२ पासलाई पनि अवसर

सुरेश शर्मा
6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकले विभिन्न पदमा भारी संख्यामा कर्मचारी माग गरेको छ । कृषि विकास बैंकले नवौँ तहदेखि चौथो तहसम्मका कर्मचारी नियुक्तिका लागि बैंकले दरखास्त आवेदन आह्वान गरेको हो । बैंकले विभिन्न पदमा रिक्त रहेको १७९ जनाका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियर, व्यवसाय अधिकृत, व्यवस्थापन सूचना प्रणाली अधिकृत, कानुन अधिकृत, इन्जिनियर आईटी, कर्जा अधिकृत, व्यवसाय सहायक, ऋण सहायक, लेखापाल लगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ ।

उक्त पदमा आवेदन दिन इच्छुक नागरिकले आज जेठ १९ गतेदेखि असार ७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यसका साथै, दोब्बर दस्तुर तिरी असार ८ गतेदेखि असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

हेर्नुस् सुचनाः