सनराइज बैंकको सर्वसाधारणले समेत खरिद गर्न पाउने संस्थापक शेयर रु.१२५ मा विक्रीमा

सनराइज बैंकको सर्वसाधारणले समेत खरिद गर्न पाउने संस्थापक शेयर रु.१२५ मा विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले १ लाख २२ हजार ४५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता रू. १२५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालय गैह्रिधारास्थित, शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्नुपर्नेछ ।