पूँजीगत लाभकरका सम्बन्धमा आन्तरिक राजस्व विभागको स्पष्टिकरण

पूँजीगत लाभकरका सम्बन्धमा आन्तरिक राजस्व विभागको स्पष्टिकरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
आन्तरिक राजस्व विभागले पूँजीगत लाभकरको सम्बन्धमा लगानीकर्तामा असन्तुष्टि देखिएपछि यस सम्बन्धमा स्पष्टीकरण जारी पारेको छ । विभागले बुधवार सुचना जारी गर्दै आर्थिक विधेयक, २०८० को दफा २९ लाई थप प्रष्ट पारेको हो ।

आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ ।

'नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेकाे सुचनामा उल्लेख छ ।

\"\"