बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेड तथा फोकस वान पेमेन्ट सोलुसन्स (FOCUSONE payment solutions Pvt. Ltd.) बीच भिसा (VISA) कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बरिष्ठ प्रवन्धक संजीव जोशी र फोकस वान पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड MOCO Digital Wallet मा Add गरी बिभिन्न सेवाहरु जस्तै मोवाईल टप-अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । साथै बैंकका ग्राहकहरुले MOCO Digital Wallet मार्फत Scan to Pay गरी रु. ६,००० भन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन् ।
हाल MOCO Digital Wallet मा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड Add गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी विल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको विल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । MOCO Digital Wallet गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।
नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।
प्रतिक्रिया