मिर्मिरे लघुवित्तले संम्पन गर्यो सुदूर पश्चिम प्रदेशका शाखाहरुमा केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी

मिर्मिरे लघुवित्तले संम्पन गर्यो सुदूर पश्चिम प्रदेशका शाखाहरुमा केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी


बैंकिङ्ग समाचार, काठमाडौं ।
बनेपा काभ्रे स्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा मिति २०८०/२/१६ गते शाखा कार्यालय राजपुर डोटीमा केन्द्र प्रमुख तथा उप प्रमुख गोष्ठी कार्य सम्पन्न भएको छ । 

संस्थाले हाल लघुवित्त क्षेत्रको कार्यक्रम तथा संचालन प्रक्रियामाथि भ्रामक शैलीमा गलत प्रचार प्रसार गरी लघुवित्त सेवाग्राहीलाई भ्रममा राख्ने कार्य विषयक विरुद्ध र सेवाग्राहीहरुको अपेक्षा सहितको चासो तथा गुनासो व्यवस्थापन गर्न अन्तक्रियात्मक तरीकाले कार्यक्रम संचालन गरीएको थियो ।

\"\"

उक्त कार्यक्रमको सभाध्यक्षमा केन्द्र न. ४७ की केन्द्र प्रमुख रमा कुमारी राउत, दिपायल सिलगडी नगरपालिका वार्डा नं. ५ का वार्डा अध्यक्ष गणेश बहादुर भण्डारी प्रमुख अतिथि रुपमा रहेका थिए  । सो कार्यक्रममा संस्थाको संचालक समितिको अध्यक्ष टेक बहादुर बोहराको उपस्थिति संगै सुदुर पश्चिम प्रदेश प्रमुख राम किशोर चौधरीले उपस्थित केन्द्र प्रमुख तथा उप–प्रमुखबाट उठेका जिज्ञाशाको समाधान गरेका थिए । कार्यक्रम संचालन लुम्बिनी उप–प्रादेशिक प्रमुख तेज बहादुर खत्रीले गरेका थिए भने स्वागत मन्तब्य र शाखा कार्यालयको संक्षिप्त जानकारी राजपुर डोटीका शाखा प्रमुख लाल बहादुर साउदले जानकारी गराएका थिए ।

साथै मिति २०८०/२/१३ गतेका दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का शाखा कार्यालय फलाशैन, बाजुराले करिब १३० जना सदस्यको उपस्थितमा वित्तीय साक्षरता सम्बन्धि प्ले कार्ड बोकी नगर परिक्रमा गर्नुको साथै केन्द्र प्रमुख तथा उप–प्रमुख गोष्ठी संम्पन गरेका थिए । सो कार्यक्रमको अध्यक्षता केन्द्र नं.३१ कि केन्द्र प्रमुख बिमला थापाले गरेकी थिइन् । संस्थाका संचालक समितिका अध्यक्ष टेक बहादुर बोहरा प्रमुख अथिति रहेका थिए । उनले संस्थाको बारेमा संक्षिप्त जानकारी गराउनको साथै लघु वित्त वित्तीय संस्था बाट कसरि सदस्यहरु लाभान्वित भैरहेको छ भन्ने बारे जानकरी गराए । सो कार्यक्रमको संचालक शाखा प्रमुख भारत बहादुर रावलले गरेका थिए ।