निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% सम्मको विशेष छुट

निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% सम्मको विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५% सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५% देखि २५% सम्म छुट प्रदान गरिने छ । सो छुट १ वर्षका लागि लागु हुनेछ ।