एनएमबि बैंकको महोत्तरी शाखामा भएको चोरी सम्बन्धमा बैंकले सार्वजनिक गर्यो विज्ञप्ती

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडको महोत्तरी शाखामा भएको चोरी सम्बन्धमा बैंकले एक विज्ञप्ती सार्वजनिक गरेको छ । उक्त विज्ञप्तीमा २०८० जेष्ठ १६ गते दिउसो १२ः२५ समयमा ३–४ जनाको समुहमा आएका बन्धुकधारी ब्यक्तीहरुले बैंकको शाखामा लुटपाट गरेको भनिएको छ ।

यस्तो छ बैंकले सार्वजनिक गरेको विज्ञप्तीः
महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा मिति २०८० जेष्ठ १६ गते करिव १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुक धारी ब्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको र उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्धारा सम्बन्धित निकायमा अनुरोध भैसकेको छ । सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको ब्यहोरा अवगत गराउँदछौ । अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी पछि गरार्ईने छ ।