बजेट नबुझेर शेयर लगानीकर्ता प्यानिक भए, प्यानिक हुनु पर्ने कारण छैनः अर्थमन्त्री

बजेट नबुझेर शेयर लगानीकर्ता प्यानिक भए, प्यानिक हुनु पर्ने कारण छैनः अर्थमन्त्री


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा गरिएका व्यवस्था नबुझेर शेयर लगानीकर्ता प्यानिक भएको हुन सक्ने बताएका छन् । मङ्गलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले बजेटमा शेयरबजारलाई निरुत्साहित पार्ने, अप्ठेरो पार्ने कुनै पनि कार्यक्रम नभएकोले लगानीकर्ता प्यानिक हुनु पर्ने कारण नरहेको बताएका हुन् ।

उनले बजेटमा गरिएका व्यवस्था नबुझेकोले लगानीकर्ता प्यानिक भएको हुन सक्ने भएको ति व्यवस्था बुझाउने बताएका हुन् । उनले शेयर बजारप्रति आफु सकारात्मक रहेको प्रष्ट पारेका छन् ।आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घटेकोबारे अर्थमन्त्री शर्माले भने, ‘शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ । बजारलाई अप्ठ्यारो पार्ने कुनै कार्यक्रम र नीति छैन ।’ 

संसदीय क्षेत्र विकास कार्यक्रम रहेको र पहिलेको सांसद विकास कोष जस्तो अहिलेको नहुने उनको जिकिर रहेको छ । अर्थमन्त्री शर्माले अगाडी भने, ‘१६५ ठाउँमा नै केही न केही जाओस् भन्नलाई मात्र राखेको हो । यसमा सांसदको भूमिका सिफारिस गर्ने बाहेक केही हुँदैन । यसको ठेक्का मन्त्रालय ले नै लाउँछ । सांसदले पाउँदैनन्। उपभोक्ता समितिले खर्च गर्ने होइन । व्यक्तिगत रूपमा पैसा दिएको होइन ।’