बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एसजि आइ केयर एण्ड हेल्थ सर्भिस (ASG EYE CARE AND HEALTH SERVICE) बिच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०/०२/१४ का दिन हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र ASG EYE CARE AND HEALTH SERVICE को तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ASG EYE CARE AND HEALTH SERVICE ले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी OPD Package, (Synoptophore, Retinoscopy etc) तथा अन्य Package सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ ।
साथै, आँखा चेक जाँचमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराइने व्यहोरा पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया