२००% हकप्रद निष्कासन गर्न घलेम्दी हाइड्रोले नियुक्त गर्यो मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक

२००% हकप्रद निष्कासन गर्न घलेम्दी हाइड्रोले नियुक्त गर्यो मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने प्रकृया अघि बढेको छ । कम्पनीले नवौ साधारण सभाबाट पारित गरे बमोजिम हकप्रद शेयर निष्कासन गर्न बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । शुक्रवार भएको सम्झौतामा घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।

सो समारोहमा घलेम्दी हाइड्रोको तर्फबाट कम्पनी सचिव अनिल पौडेल लगायतको सहभागिता रहेको थियो । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड।द्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ ।