प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारीमा रहेको रिलायवल लाइफले डाक्यो साधारणसभा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले असार १ गते छैटौं वार्षिक साधारणसभा बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको यस कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को छैठौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव, इक्यूटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत् रू. १९० थप गरी प्रतिकित्ता रू. २९० मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मूल्यमा रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले गत चैत ५ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ । कम्पनीको आईपीओ सम्बन्धि आवेदन प्रक्रियाको प्रारम्भिक चरणमै रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।