बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले (साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर जेठ १२ गतेदेखि बिक्री गर्ने भएको छ ।
बैंकले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत विक्री गर्ने भएको हो । उक्त संस्थापक शेयरमा बैंकका हाल कायम संस्थापक शेयरधनीहरु र अन्य व्यक्ति तथा संस्थाहरूले समेतले आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले न्यूनतम १ हजार कित्तासम्म अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न गर्दै बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा आवेदन पेस गर्न सक्नेछन् ।
यो शेयर खरीदका लागि जेठ १२ गतेदेखि जेठ १९ गते अपरान्ह १ बजेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २१ गते विहान ११ बजे खोलिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया