समिट लघुवित्तको जेठ ३० मा हुने भनिएको साधारणसभा स्थगित

समिट लघुवित्तको जेठ ३० मा हुने भनिएको साधारणसभा स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औँ बार्षिक साधाण सभा स्थगित भएको छ ।

संस्थाले एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ । संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।

संस्थाले आफ्नो वार्षिक साधारणसभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा यही जेठ ३० गते बिहान १०ः३० बजे डाकेको थियो ।