प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्रै संस्थापक शेयर खरीद गर्न ३५ दिने सूचना जारी गरेको थियो ।

सो अवधिमा आंशिक रूपमा संस्थापक शेयर खरीदका लागि मात्रै आवेदन परेकाले अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक शेयर विक्री खुला गरेको हो । इच्छुक लगानीर्ताले १५ दिनभित्र संस्थापक शेयर खरीदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

बिक्री गर्ने संस्थापक शेयरधनी नाम र विक्री मूल्यका सम्बन्धमा काठमाडौंको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयस्थित कम्पनी सचिवको कार्यालय सम्पर्क गर्न सकिनेछ ।