लक्ष्मी बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न सनराइज बैंकले बोलायो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले लक्ष्मी बैंक लिमिटेडसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सनराइज बैंकले आगामी असार ३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो १५ औं वार्षिक साधारणसभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले असार ३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।

Skip This