बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते, बुधबार, अन्तिम दिन रहेको छ । कम्पनीले ३५औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
इन्स्योरेन्सले जेठ २२ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया