आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा कम्तीमा १२५ क्यासब्याक पाइने

आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा कम्तीमा १२५ क्यासब्याक पाइने

सुरेश शर्मा
84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब कम्तीमा रु. १२५ क्यासब्याक पाउने भएका छन् ।

आइएमई पे मार्फत टिकट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु. ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु. ५० गरि कम्तिमा रु. १२५ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन् । 

उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।