शेयर बजारमा उच्च अंकको वृद्धि, ५१ अंकले बढेर १९ सय बिन्दु माथि पुगेको नेप्सेमा २ अर्ब बढिको कारोबार

शेयर बजारमा उच्च अंकको वृद्धि, ५१ अंकले बढेर १९ सय बिन्दु माथि पुगेको नेप्सेमा २ अर्ब बढिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ५१.३१ अंकले बढेर १ हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ८.१० अंकले बढेर १ हजार  ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको थियो ।

नेप्से बढेसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज २ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २१९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । 

नेप्सेका अनुसार आज सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।