बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज लगातार दोस्रो दिन सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से ८.१० अंकले बढेर १ हजार ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आईतवार नेप्से ५.८८ अंकले बढेर १ हजार ८ सय ८३ दशमलब २० विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकममा भने आज गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार नेप्सेमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार थियो ।
आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया