कुमारी बैंकको ३ लाख १६ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको ३ लाख १६ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख १६ हजार १४० बढी कित्ता संस्थापक शेयर जेठ ८ गते अर्थात आज देखि विक्री खुला गरेको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र शेयर खरीद गर्न सक्नेछन् । आगामी ३५ दिनभित्र अर्थात असार १० गते सम्म कुमारी बैंकको शेयर खरीदका लागि बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेश गर्नुपर्नेछ ।

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य रू. ११० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।