नेप्सेमा सामान्य अंकको वृद्धि, ५.८८ अंकले नेप्से बढ्दा कारोबार रकम डेढ अर्ब माथि

नेप्सेमा सामान्य अंकको वृद्धि, ५.८८ अंकले नेप्से बढ्दा कारोबार रकम डेढ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आज आईतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ५.८८ अंकले बढेर १ हजार ८ सय ८३ दशमलब २० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात आइतवार नेप्से ३२.३० अंकले बढेर १ हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको थियो ।

नेप्से बढेसँगै कारोबार रकममा सुधार भएको छ । आज नेप्सेमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।

आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ, १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४,१०७।५० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११२९.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुबित्तका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत बढिले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टसको भएको छ । यस कम्पनीको आज ६ करोड १७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।