सिटिजन्स बैंक र अजा डायनास्टीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

सिटिजन्स बैंक र अजा डायनास्टीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं ठमेलस्थित अजा डायनास्टी प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो ।

सो सम्झौता पश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।