बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १२ प्रतिशत बोनस शेयर र धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।
कम्पनीले गत फागुन १५ गते सम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको र सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने जानकारी गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्ना शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया