मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ पोखराको न्यू रोड स्थित “कास्की मोडेल हस्पिटल” (Kaski Model Hospital) सँग छुट प्रदान गर्ने सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” का विभिन्न सेवा सुविधाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।