बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्राेक्स लघुवित्त वित्तिय संस्थाले आदर्श लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्नकाे लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकाे छ । राष्ट्र बैंकले जेठ ३ गते बुधबार पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुवै कम्पनीको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो । त्यस्तै गत चैत १३ गते दुवै कम्पनी बिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको थियो ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै कम्पनीबिच सहमति भएको छ ।
प्रतिक्रिया