बैंकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र दोस्रो बजारमा जेठ २ गते सूचीकृत भएको माईखोला हाइड्रोपावरले कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ । यस कम्पनीको धितोपत्र दोस्रो बजारमा ३९ लाख २१ हजार ५६८ कित्ता शेयर सूचीकृत रहेको छ ।
कम्पनीले सर्वसाधारणमा वैशाख ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख १९ गते बाँडफाँट गरेको थियो । यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ ।
प्रतिक्रिया