बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ हजार ७०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत आवेदन दिन सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीका आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य नतोकेकाले खरीदकर्ताहरूले के कति मूल्यमा खरीद गर्ने हो सो समेत आवेदनमा खुलाउनुपर्नेछ ।
प्रतिक्रिया