बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत चैत ११ गते पारित भएको २० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्तापूँजी १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको थियो । पारित भएको करिब २ महिनामा अर्थात जेठ १ गते कम्पनीले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई जेठ २ गते सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले लाभांश प्रयोजनका लागि चैत ३ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् ।
गत वर्ष कम्पनीले कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो, ३२ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७ प्रतिशत लाभांश गत वर्ष वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गरेको हो ।
प्रतिक्रिया