नेपाल बैंक सहित दुई कम्पनीको करिब ५० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल बैंक सहित दुई कम्पनीको करिब ५० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधवार दुई कम्पनीको करिब ५० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल बैंकको २८ लाख ८१ हजार १८० दशमलव ९६ कित्ता र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ११ हजार १२७ दशमलव ४६ कित्ता गरी कुल ४९ लाख ९२ हजार ३०८ दशमलव ४३  कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । 

नेपाल बैंकले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।