बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । आज नेप्सेमा कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । यी कम्पनीहरुले आफ्नो साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर सूचिकृत गराएका हुन् ।
कृषि विकास बैंकको २० प्रतिशत दरका कुल २६ लाख ३७ हजार ५८३ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत दरका कुल २ लाख ५३ हजार ५३१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया