मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः बैंकहरुले ऋणपत्रलाई पुस मसान्तसम्म निक्षेपको रुपमा गणना गर्न पाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने अवधि थप गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो अवधि थप गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ’, समिक्षामा भनिएको छ ।

बैंकले यसअघि साउन १ गतेसम्मका लागि सीडी रेसियो र क्यापिटल एडुक्वेसीमा गणना गर्नका लागि समय दिएको थियो ।