बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले बैशाख २९ गते शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ । पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हाे । अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ ।
मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाह्य क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृश्यलाई दृष्टिगत गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिन्छ । तथापि, यसलाई दिगो बनाउन उत्पादन र उत्पादकत्व बढाउने गरी संरचनात्मक सुधार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक रहेको केन्द्रिय बैंकले जनाएको छ ।
पूर्णपाठ:
प्रतिक्रिया