रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्स आइएमई पे वालेटमा प्राप्त गर्दा १०० बोनस

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्स आइएमई पे वालेटमा प्राप्त गर्दा १०० बोनस


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु. १०० बोनस पाउने भएका छन् ।

आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकहरुलाई रु. ५० बोनस दिदै आएकोमा सो बोनस रकम बढाइ अब रु. १०० दिने निर्णय गरेको हो ।

अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकहरुले १०० रुपैयाँ बोनस पाउने छन् ।